Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
मधेशमा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने, प्रकृयालाई स्थानीय भाषामा उलार भन्ने गरिन्छ । उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसमा एउटा निम्नवर्गीय मजदुर टाँगाचालकको घोडाको मृत्युपछिको वियोगान्त कथा चित्रण गरिएको छ।यस उपन्यासले जनताको सङ्घर्षपूर्ण जीवनको कथा मात्र भनेको छैन, यसले सीमान्त तहका जनतामा जीवित मानवीय संवेदनालाई सर्वाधिक उचाइ र महत्त्व दिएको छ । आञ्चलिक र प्रचलित अङ्ग्रेजी शब्दलाई समेत स्वाभाविक ढङ्गले मिसाउँदै लेखिएको यस उपन्यासले जनआन्दोलन २०४६ पछिको राजनीतिक कुरुपता रामरी उदाङ्गो पारिदिएको छ ।’उलार’को भाषा विशेष मीठो छ । पात्रहरू नेपालगञ्जको स्थानीय भाषा बोल्छन् तर पाठक प्रायः नेपाली मात्र बुझ्छन् भन्ने समस्यालाई लेखक पाण्डेले सहजसँग समाधान गरेका छन् - यी दुई भाषा र सामान्यतया प्रचलित अंग्रेजी शब्दहरूलाई स्वभाविक ढंगले मिसाएर । त्यसैले पात्रहरूका अभिव्यक्तीलाई क्लिष्ट ’साहित्यिक भाषाले कतै ढाक्न पाएको छैन । र प्रेमललवाको दुनियाँ, उसका भित्री चिन्तन र बाहिरी यथार्थहरू सजीवसँग चित्रण गरिएका छन् । - मन्जुश्री थापा