Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
आफूलाई मधेशी जनजीवनका कथामा अब्बल प्रमाणित गरेका नयनराजको यो चौथो कथासंग्रह हो। यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् । ’जियरा’मा लेखकले कथावाचनको पृथक र प्रयोगमूलक नयाँ शैली अपनाएका छन् ।जियरा’ भनेको हिन्दी भाषाको एक प्रचलित शब्द हो, जसले देह वा कतैकतै ’आत्मा’ भन्ने अर्थ दिन्छ । पश्चिम मधेशमा चल्ने यही शब्द टिपेर कथासंग्रहको नाम जुराइएको हो । जियरामा महिला पात्रको प्रधानता छ । मधेशका महिलामाथि भएको चरम हिंसा र हजारौं वर्षको उत्पीडनको कथा छ । जिउँदै जलाइएका, एसिड खन्याएर मारिएका, दाइजोको निहुँमा हत्या गरिएका हजारौं महिलाको कारुणिक जीवन कथामा उतारिएको छ । Jiyara is a collection of 13 stories by renowned writer Nayanraj Pandey. The stories have combined reality and myth to tell the tales of political corruption, patriarchy and social injustice in Western Terai region of Nepal.मधेसको पृष्ठभूमिमा लेखिएका लामा कथाहरूको सङ्ग्रह हो, जियरा । यस पुस्तकमा लेखक नयनराज पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित हामीलाई परिचित गराउँछन् । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।लेखकले आफ्ना पात्रलाई दुखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ’एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको यो सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना हो।