Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
छिरिङ आफ्नी छोरी पेमासँग कथाका किताबका कुरा गरिरहन्छ । एकदिन ऊ छोरीलाई भन्छ- पढ्नुपर्छ । अक्षर चिन्नुपर्छ । हिउँ परेको बेला आकाशबाट हिउँमा मिसिएर अक्षरहरू पनि खस्छन् । तिनै अक्षरहरू मिलेर किताब बन्छ । पढ्न जानेन भने त्यो किताब हिउँमै पग्लिएर जान्छ । हिउँ पग्लिँदा किताबका अक्षर पनि पग्लन्छन् ।पेमा बाबुका कुरा बुझ्दिन । उसलाई विश्वास हुन्छ- किताब नै भूत हो । यसले तर्साउँछ । मति बिगार्छ । यसैले त हो उसको आमाबुबाको सम्बन्ध बिगारेको । यसैले त हो बाबुलाई आफूबाट टाढा लगेको ।कालान्तरमा आफ्नो छोरा फुर्वाले नै पेमालाई भन्छ- मलाई पनि किताब चाहियो । कथाको किताब ।’पेमा झस्किन्छे ।त्यस रात पेमाले सपना देख्छे । सपनामा छिरिङ पेमालाई भन्छ- हरेक आमाबाबुहरू आफ्नै सन्तानको गर्भबाट जन्मिन्छन् । म मरेर फेरि तेरो छोरा भएर जन्मिएँ । सपनाबाट ब्युँझिएपछि पेमाले आफैलाई प्रश्न गर्छौ के मेरै कोखबाट जन्मिए मेरा बाबु ?अनि पेमाको जीवनको उद्देश्य नै बदलिन्छ ।