Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्- जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु- हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।