Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
वसन्तले एक दिन अचानक खबर पाउँछ, गाउँको पुरानो घर भत्किँदै छ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ । र सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र ’पोस्टकार्ड युग’को रोमाञ्चक गाथा।अत्यन्त सरल, सहज र आकर्षक भाषामा नेपाली समाजको एउटा जटिल पाटोलाई बुद्धिसागरले यो पुस्तकमा उधिन्ने कोसिस गरेका छन् । हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । जीवनमा स्मृतिको महत्त्व कति हुन्छ भन्ने पनि दर्साएका छन् ।