Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
यो कथा हो, मूलखाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ ।यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन ।यो कथा हो, छोरा संवत्को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन् ।अनि यो कथा हो, यी तीन पात्रको, जो नजिकिन होइन, टाढिन विवश छन् ।