Laxmi Devkota / Laxmi Prasad Devkota
Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यका हरेक विधामा आफ्नो अमूल्य योगदान दिएका छन् । कवितामा उनी जति सशक्त देखिएका छन् त्यति नै निबन्धमा पनि उनले कलम चलाएका छन् । देवकोटाको अद्वितीय लेखन शैली उनका निबन्धमा देख्न सकिन्छ । ससाना विषयलाई अत्यन्त मार्मिक र साहित्यिक रुपमा पस्कन सक्ने उनको खुबीले गर्दा उनका हरेक निबन्ध अनुपम छन् ।समाजका सामान्य विषय देखि लिएर धर्म, भाषा, संस्कृति र मानव जीवनका हरेक धारलाई गहन शैलीमा सम्बोधन गरेर लेखेका उनका निबन्धले नेपाली निबन्ध विधाको उचाइ थपेको छ । देवकोटाका निबन्ध उनले सोचेर भन्दा पनि मनमा आएका भावनामा बगेर लेखेको प्रतीत हुन्छ, त्यसैले पनि ती निबन्ध अन्य साहित्यकारका निबन्ध भन्दा फरक तर रोचक छन् ।