Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
पृथ्वीनारायण शाहले आफ्नो बल, बुद्धि तथा पराक्रमद्वारा अनेकौं राज्यमा विभक्त पुरानो नेपाल एकीकरण गरी आफ्ना उत्तराधिकारीलाई नासोका रुपमा सुम्पिएका थिए ।तर उनको मृत्युपश्चात् नेपालमा घात प्रतिघातका अनेकौं शृङ्खला चलिरहे । शिक्षा, उद्योगधन्दा तथा व्यापार व्यवसाय विस्तार गरी देशका सर्वसाधारण नागरिकलाई सुखसुविधा उपलब्ध गराउँदै जानुको सट्टा देशका तात्कालिक प्रमुख प्रशासकहरु आफ्नो परिवार र भाइबन्धुको सुखसुविधा तथा सत्तामोहमै व्यस्त रहे । फलतः समाज विकासक्रम रोकियो र नेपाल विश्वको एउटा निर्धन राष्ट्रका रुपमा परिणत हुन पुग्यो । घातप्रतिघातका शृङ्खला रोकिऊन्, यस्ता घटना कहिल्यै नदोहोरिऊन् भन्ने उद्देश्यले अब यस्तो कहिल्यै नहोस् प्रकाशन गरिएको थियो । तर इतिहास दोहोरिँदो रहेछ,जुन राजा वीरेन्द्रविक्रम शाहको समूल वंशनाशबाट पनि प्रमाणित भयो ।