Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
कृष्णप्रसाद पराजुलीद्वारा लिखित ’पन्ध्र तारा र नेपाली साहित्य’ नेपाली साहित्यको आकाशमा चम्किएका पन्ध्र विशिष्ट सर्जकहरूको जीवन, योगदान र कृतित्वमाथि केन्द्रित एक गहन तथा आकर्षक कृति हो । यस कृतिमा १५ जना महत्वपूर्ण स्रष्टाहरूको जीवनी तथा तिनका कृतिहरूको समालोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ । सरल, सरस र प्रभावकारी भाषाशैलीमा लेखिएको यस पुस्तकले साहित्यप्रेमी मात्र नभई विद्यार्र्थी, अनुसन्धानकर्ता तथा नेपाली साहित्य बुझ्न चाहने सबैका लागि उपयोगी मार्गदर्शकको भूमिका खेल्छ ।पुस्तकको विशेष आकर्षणका रूपमा समावेश गरिएको ’नेपाली साहित्यको संक्षिप्त इतिहास’ले पाठकलाई समग्र साहित्यिक परिप्रेक्ष्य बुझ्न थप सहयोग पुर्याउँछ । गहिरो अध्ययन, स्वस्थ दृष्टिकोण र नवीन प्रस्तुतिका कारण यो कृति नेपाली साहित्यमा एक लोकप्रिय कृतिका रूपमा स्थापित भएको छ । सिक्किम, दार्जीलिङ र नेपालका विश्वविद्यालयहरूमा यो किताब पाठ्यपुस्तकका रूपमा पनि पढाइँदै आएको छ । ’पन्ध्र तारा र नेपाली साहित्य’ नेपाली साहित्यप्रति रुचि राख्ने जो कोहीका लागि अनिवार्य पठनीय कृति हो ।