Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरू भएको उपन्यास पानीघट्ट गुरूङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरूङ ठिटो रनबहादुरबीचको रोचक प्रेमकथा हो । यस अर्थमा पानीघट्ट आफैमा सामाजिक मूल्य रूपान्तरण तथा सांस्कृतिक अन्तर्षुलनको साक्षी हो ।तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई ’पानी’ र ’घट्ट’को बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ ।