Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
जीवा लामिछानेकृत अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा-वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् । यस पुस्तकले अन्टार्कटिकाको दृश्य-चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ ।नियात्रा कृति भए पनि यसमा कतै आख्यानको छनक पाइन्छ, कतै काव्यात्मक अभिव्यञ्जना भेटिन्छ । यसमा कतै वैश्विक चिन्तन, चिन्ता र चासो व्यक्त भएका छन् भने कतै मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएका छन् ।पुस्तक पढिसकेपछि थाहा हुन्छ, अन्टार्कटिकामा चिसो मात्र छैन, सौन्दर्य पनि छ । के त्यो चमत्कृत पार्ने सौन्दर्यलाई हामीले भावी पुस्ताका लागि सुरक्षित राखिदिन सक्छौं ? यो पुस्तक पढिरहँदा पाठकको मन-मस्तिष्कमा यही प्रश्नले हस्तक्षेप गरिरहन्छ ।