Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
सय वर्षभन्दा बढी समयदेखि नेपालमा चलिरहेको जहानियाँ शासनमा वि.सं. २००७ कार्तिकमा घटेको एउटा घटनाबाट जबरदस्त धक्का लाग्यो । त्यसपछि घट्दै गएका अरू अरू घटनाबाट त्यस जहानियाँ शासनको अन्त्य मात्र भएन, त्यसको ठाउँ अर्कै प्रकारको शासनप्रणालीले लियो । पुरानो शासनपद्धतिको पतन र नयाँको उत्थान निहारिरहेका, राजनीतिसँग सम्बद्ध हाम्रो प्राचीन पद्धतिका ग्रन्थका गम्भीर अध्येता नयराज पन्तले १७ महीनाको त्यस कालखण्डको पर्यालोचन गरी दिनका दिन जस्तो संस्कृत भाषामा एउटा डायरी लेखेका थिए । मूल डायरीको मूल संस्कृत भाषामै सम्पादन, त्यसको नेपाली भाषामा शब्दानुवाद र त्यस डायरीको विषयमा उपोद्घातसमेत गाभिएको पुस्तक अहिले पाठकसमक्ष प्रस्तुत छ ।