Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
’प्वाँख’ भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।- नवराज पराजुलीके कविताहरू प्वाँखजस्तै हलुका भईकन पनि बोधको गहनताले भरिएका हुन सक्छन् ? जीवनको चञचलताल भरिएका हुन सक्छन् ? भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्छ उसका कविताहरू, नत्र कवितालाई दुख्छ । अलिकति जोडले पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । शब्द मात्रै पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । बेस्सरी पाना पल्टाउँदा वा कुनै अर्को किताबको मुनि थिचेर राख्दा पनि उसका कविताहरूलाई दुख्छ । उसका कवितालाई अपनाउन मान्छेमा कम्तीमा आमाको त्यो संवेदनशीलता जरुरी छ ।- नदीश