Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
नेपाल एकीकरण अभियानमा समर्पित वीरमध्ये अमरसिंह थापाको नाउँ उच्च स्थानमा छ । अमरसिंहहरूकै नेतृत्वमा गोर्खाली सेनाले पाल्पादेखि काँगडा - पश्चिममा रहेको रावी नदीसम्मको इलाका नेपालमा गाभ्ने काम गरेको थियो ।थापा सुगौली सन्धि हुनुअघिसम्म करिब १६ वर्ष कुमाउ सतलज इलाकाको प्रमुख प्रशासक पनि भए । त्यस समयको बृहत् नेपालको पहिलो नक्सा तयार पार्ने काम उनै थापाले गरेका हुन् । तत्कालीन शासकहरूको अदूरदर्शिताका कारण अङ्ग्रेजहरूसँग नेपालको युद्ध हुन गयो । आफ्नो इच्छाविपरीत भएको उक्त युद्धका कारण ठूलो भूभाग गुमाउनुपरेपछि उनी बिरक्तिए । र सैनिक सेवाबाट अवकाश लिएर गोसाइँकुण्डमा गई देहत्याग गरे ।इमान, निष्ठा र वीरताका प्रतिमूर्ति मानिने उनै अमरसिंहको जीवनीमा आधारित यस पुस्तकले त्यो कालखण्डको झलक प्रस्तुत गर्छ ।nepali book;सूर्यविक्रम ज्ञवाली;