Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
राणाशासनको अन्तिम प्रहरमा राणा दरबारमै शैशवकाल बिताएका उनी कलिलै उमेरमा सल्लाहकार सभाको अध्यक्ष भई राजनीतिमा छिरे । राजा महेन्द्रको विश्वस्त पात्र भई पञ्चायतको जग हाल्न सघाए । मन्त्री, मन्त्रिपरिषद्को अध्यक्ष अनि प्रधानमन्त्री भई पञ्चायतलाई सङ्गठित बनाए । त्यही पञ्चायती व्यवस्थामा उनी जेल गए, कोपभाजनमा परे । उनैले बहुदल रोक्दै निर्दललाई जनमत सङ्ग्रहमार्फत पञ्चायती व्यवस्थालाई वैध तुल्याए ।बहुदलपछि पूर्वपञ्चहरूलाई सङ्गठित गरी पुनः सरकार चलाए | राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पुनः प्रधानमन्त्री भए, माओवादीसँग वार्ताको प्रयत्न गरे; असफल भए । दोस्रो जनआन्दोलनपछि ’बहिष्कृत जस्तै बनाइएका उनी ज्येष्ठ सदस्यको हैसियतमा दोस्रो संविधान सभाको पहिलो बैठकको अध्यक्ष बने । पाँच व्यवस्था, पाँच राजा भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको साढे पाँच दशक लामो अविच्छिन्न राजनीतिक जीवन यात्राको दस्तावेज हो।