Joseph Dalton Hooker / Hasta Gurung
Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
हिमालयमा लगातार भइरहेका परिवर्तनका दृश्यले आज मलाई नयाँ दृष्टि दियो । त्यो प्राकृतिक सिर्जना साँच्चै नै जादुमयी थियो र त्यसको प्रभाव चलायमान दृश्य हेरेको जस्तो थियो । विज्ञान र कलाको कुनै पनि स्तरको संयोजनले यस्ता दृश्य सिर्जना गर्न सकिदैन । जुन दृश्य आज मेरा सामुबाट गुज्रिए, तिनलाई अन्तर-हृदयदेखि नै महसुस गर्न सकिन्थ्यो । त्यस समयलाई मैले हिमालको विशाल थुप्रोको बीचमा अत्यन्त ऐकान्तिक क्षणजसरी बिताएँ । यस भेगको भ्रमण गर्दा अतुलनीय प्राकृतिक दृश्य देख्न पाएँ । त्यहाँ देखेका प्राकृतिक छवि मेरा मस्तिष्कबाट हराएर जान्छन् कि भनेर म भयभीत भइरहे । - जोसेफ डाल्टन हुकर, प्रकृतिविद्