Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
आधुनिक नेपाली कविताका शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो । यही विरोधाभासका कारण उनी सिर्जनासँगै किस्साहरूमा पनि बाँच्नुपर्यो ।अल्पायुमै अस्ताएका भूपीले रहस्यका कैयौं छिद्र यत्तिकै छाडे, जो उनी गएसँगै अनुत्तरित रहे । भूपी बितेको दशकौँपछि छोरी कविताले भूपी : छोरीको स्मृतिमामार्फत बुबासँगको सम्बन्ध, धनाढ्य भएर पनि सर्वहारा कवि व्यक्तित्व निर्माणका कारक र किस्सा केलाउँदै अनुत्तरित प्रश्नको जवाफ खोज्ने प्रचेष्टा गरेकी छिन् ।भूपीलाई नजिकबाट चियाउने यस किताबले बाहिर चम्किलो र आकर्षक तर भित्र अथाह पीडा बोकेका कवि भूपीको अन्तरङ्ग चित्र-चरित्रमाथि प्रकाश पार्छ