Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
बादल आफैंभित्रको आकाशमा सपना र प्रेमको उडान भरिरहन्छ । ऊ कहिले ऋतुका रङहरुमा घोलिन्छ त कहिले तिनै रङ पखालिने गरी वर्षामा रुझ्छ । वर्षासँग बादलबाट छुटेर फेरि बादल नै बनाउन सक्ने अनौठो खुबी छ । ऊ बादलको हर अवस्था र स्वरुपलाई प्रेम गर्छे, कुनै अपेक्षा नगरी ।ऋतु बादलमा रङ भर्छे अनि प्रेम र सपनाको घेरा लगाएर बादललाई आकार दिन्छे । तर ऊ आफैंलाई थाहा छैन- बादलबाट वर्षा र वर्षाबाट बादलको चक्र चलिरहने ऋतुकै कारण हो ।बावऋ यिनै पात्रहरुको त्रिकोणात्मक प्रेमकथा हो । ०६२/६३ को परिवर्तनअघि नेपाली समाजले भोगेको द्वन्द्व र त्यसबाट सिर्जित बसाइँसराइका घटनामार्फत आदर्श प्रेमको कथ्य बुन्दै यसको कथानक अघि बढ्छ, जसले पाठकलाई नवीन कथ्य शैली र भाषिक मिठासको सम्मोहनमा पार्नेछ ।