Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो ’घुमुवा विक्रेता’ पेशालाई निरन्तरता दिन सक्दैन । एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।फ्रान्ज काफ्काको ’द मेटामोर्फसिस’ विश्वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।'काफ्का भनेको ’मेटामोर्फसिस’, ’मेटामोर्फसिस’ भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । ' -सरूभक्त