Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
तीक्ष्ण दिमाग र पाको स्वभावकी अनसूया दर्शनमा रूचि राख्छिन् । भर्खर विश्वविद्यालयको पढाइ सकेर अध्यापन थालेका अस्तित्व विद्यार्थीबीच प्रिय छन् । जीवनका गहिरा प्रश्नको मन्थनमा आफैँसँग रमाइरहेका तिनै अस्तित्वलाई एक नियतिजन्य भेटले अनसूयासँग जोड्छ । एकअर्कासँगको सामीप्य उत्कर्षमा पुगेका बेला उनीहरू थाहै नपाई सामाजिक रूपमा टाढा हुन थाल्छन् ।जीवनका बाटा अलग हुन थाले पनि उनीहरू दुवैको समय त्यही बिन्दुमा रोकिए जस्तो हुन्छ, जतिखेर उनीहरू भौतिक र मानसिक रूपमा सँगै हुन्छन् । कथाको एक नाटकीय मोडमा संवेदनशील वन्दनाको निर्दोष प्रवेश हुन्छ । अनसूया र अस्तित्वको खास समस्या के होला भनेर बुझ्दाबुझ्दै उनी आफू स्वयम् उनीहरूको जटिलताको अंश बन्न पुग्छिन् ।अनौठो प्रेमकथालाई सूक्ष्म रूपमा बुनिएको उपन्यास अडिएका पाइलामा पात्रका सम्बन्ध पटाक्षेप हुँदै गर्दा पाठकले एउटा बौद्धिक उडान भरेको महसुस गर्नेछन् ।