Kishore Thapa / Nimananda Rijal / Tara Nidhi Bhattarai
Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
२०७२ सालको विनाशकारी भूकम्पपछि गरिएका उद्धार, राहत र खोजी कार्य; पुनर्निर्माणका प्रयासहरू; जोखिमयुक्त बस्तीहरूको पहिचान र जोखिममा रहेका बासिन्दाहरूको स्थानान्तरण; एकीकृत बस्तीहरूको निर्माण; पुनर्निर्माण कार्यमा सरकारी र गैरसरकारी संस्थाहरूको भूमिका, दातृ राष्ट्र र निकायको भूमिका आदि विषयमा धेरै अनुभव हासिल भएका छन् । नेपालमा जस्तै ठूलो भूकम्प गएका हाइटी, पाकिस्तान, भारत र चीनका तुलनामा नेपालको विशिष्ट अनुभव के रह्यो ? भूकम्प विज्ञानका विकासमा हामीले के योगदान गर्यौ ? विपद्अघि गर्नुपर्ने पूर्वतयारी कस्तो हुनुपर्ने थियो ? यस्ता विषयमा धेरै अध्ययन, सेमिनार, गोष्ठी, छलफल भएका छन् । तर तिनमा नेपालका प्राज्ञिक संस्थाभन्दा विदेशी दातृ निकायको संलग्नता बढी देखिन्छ र त्यसबाट विदेशी विद्वान्हरूको ज्ञानको भण्डार बढी विस्तार भएको पाइन्छ । भूकम्पले हाम्रा प्राज्ञ, वैज्ञानिक, नीतिनिर्माता, कर्मचारीतन्त्र सर्वसाधारणलाई के सिकायो ? हाम्रा संस्थाहरूको क्षमता र सक्षमता कत्तिको वृद्धि भयो ? भूकम्प प्रभावित जिल्लामा गरिएका पुनर्निर्माण र पुनःस्थापना कार्यबाट अन्य जिल्लाका बासिन्दाले नयाँ कुरा के सिके ? यो विषय अत्यन्त महत्त्वपूर्ण छ । १९९० सालपछिको ठूलो भूकम्प भएकाले २०७२ सालको भूकम्पलाई ठूलो विपद्का रूपमा लिनुपर्छ ।