Librería Desdémona
Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
कोमल भाव, गहन संवेदना, परिष्कृत विम्ब, दृश्यात्मक प्रतीक, सरल-सौम्य सामाजिक कथ्यप्रति पद्धतिबद्ध बनेर रचनाशीलतालाई अगाडि बढाइरहेका प्रखर कवि हुन् - रमेश क्षितिज ।सामान्य र साधारणजस्ता लाग्ने कथ्यबाट असाधारण निष्कर्षसम्म पुऱ्याउने कलामा खप्पिस क्षितिजका प्रायः कवितामा अनुभूतिका सहस्र स्वरहरू, स्वरूपहरू, संवेगहरू उद्भाषित हुँदै गइरहेझैं लाग्छन्, शब्द शब्दबाट । कविता लेखनका प्रचलित धारहरूबीचबाटै आफ्नो सम्प्रेषण पद्धतिको सुकोमल मार्ग पहिल्याउन सक्नु उनको निजी वैशिष्ट्य हो ।उनका कवितामा नेपाली पहाड, खोला, वन जङ्गल, गाउँ-गोरेटा, उकाली-ओराली, बेंसी- देउरालीहरू अनि नेपाली जनजीवनले जीवन्त बनेर आफ्नो भूमिका निर्वाह गर्छन्- कुनै आख्यानका चरित्रहरूले झैं ।पूर्वीय दर्शनका गहन भाष्यहरू अत्यन्त सरलीकृत बनेर उनका कविताका पद-पदावली र हरफहरूमा हिंडिरहेका भेटिन्छन् भने कतै फेरि सुफी सन्तहरूका धीर प्रशान्त, कल्याणकाम्य वाणीका अन्तरङ्ग अनुनाद पनि उनका कवितामा सुन्न सकिन्छ ।अतीत-जीविता, उदात्तता, शालीनता, सद्भाव, सह-अस्तित्व र सौन्दर्यका अनन्य आराधनाको कुञ्ज हो - पर्वत पर्वतमा बटुवा घाम । -अविनाश श्रेष्ठ